संसद अधिवेशन आजैदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस


काठमाडौं । सरकारले संसदको जारी बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बजेट अधिवेश आजैदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेटेका थिए । प्रतिनिधिसभाको बैठक असार २२ गतेका लागि बोलाइएको थियो । तर मन्त्रिपरिषदले बजेट अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा संसद बैठक अन्त्य गर्ने प्रचलन छ ।