बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक जारी, एमसीसीबारे के होला निर्णय?



काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बिहान ११ बजेपछि बैठक सुरु भएको हो । बैठकका वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, सरकारका कामको समीक्षा, सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी एजेण्डा तय भएका छन् ।

नेकपामा एमसीसी र सरकारका कामलाई लिएर पार्टी नेतृत्व तहमा विवाद छ । प्रधानमन्त्री यथास्थितिमा तत्काल एमसीसी अनुमोदनको पक्षमा र अन्य नेता परिमार्जनसहित अनुमोदनको पक्षमा उभिएपछि नेकपाभित्र विवाद बढेको छ । बैठकमा आफू अनूकुल निर्णय नभए पनि एमसीसीलाई अनुमोदनका लागि संसदमा लैजाने प्रस्ताव पारित गराउने प्रधानमन्त्रीओली पक्षको तयारी छ । भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र निर्णय नगरी यसलाई संसदमा प्रवेश हुन नदिने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय