काठमाडौं । यसअघि पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ ।
पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ । नेकपाले असार दश गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । बैठकले एमसीसीकाका बारेमा निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया