संविधान संशोधनबारे आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकले संविधान संशोधनका बारेमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ ।

भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, र कालापनी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले गत शुक्रबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो ।

त्यसको पाँच दिनपछि गत बुधबार संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी थियो तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय माग गरेका कारण संसदको कार्यसूचीमा चढेको संविधान संविधान संशोधन विधेयक अन्तिम समयमा कार्यसूचीबाट हटाइएको सत्तारूढ दलका नेताहरूले जनाउदै आएका छन् । तर कांग्रेसले त्यसलाई अस्वीकार गर्दैै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री