भ्रमपूर्ण समाचारको पछि नलाग्न देउवाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको सन्दर्भमा भ्रमपूर्ण समाचारमा विश्वास नगर्न आग्रह गरेका छन् । संविधान संशोधन प्रस्ताव कांग्रेसका कारण दर्ता नभएको भन्ने समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल ट्वीटरमा सभापति देउवाले संविधान संशोधनको पक्षमा काँग्रेस रहेको भन्दै अलमलमा नपर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ’ नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु, हामी प्रष्ट छौं लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भुभाग हुन् । अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ। यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं, जय नेपाल !’