प्रधानमन्त्रीको सम्बोधन अमूर्तः अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी ओली धेरै व्यस्त र असाधारण विशेषज्ञ भएकोले सरकारले कोरोना महामारीविरुद्ध ठोस तयारी नगरेको टीप्पणी गरेका छन् ।

‘कति नेपाली मरे, कति संक्रमित भए प्रधानमन्त्रीलाई ठ्याक्क थाहा छैन । उहाँ धेरै व्यस्त हुनुहुन्छ । छिमेकको भाइरस कति कडा भनेर जाँच्नु छ, उखानटुक्का झार्नु छ, पार्टीभित्रको विरोधीसँग लड्नु छ, सुरक्षित बस्नु छ,’ अध्यक्ष राणाले मंगलबार भने । ‘६२ दिन निशर्त घर बन्दमा बसेका देशबासीलाई गरिनेछ, हुनेछ भने भइहाल्यो ।’

उनले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको गज्जबको अक्कल छ । सीमा पार गरेर आउने नागरिकको परीक्षण नेपालको जिम्मा होइन रहेछ, उतैकाले जाँचेर पठाउनु पर्ने रहेछ । महामारीले नेपालीलाई यसै छुदैन भन्ने प्रधानमन्त्रीको अटल विश्वास साँच्चै असाधारण छ । उहाँ आफै विज्ञ, आफै विशेषज्ञ, अनि तयारी किन चाहियो ।’

विदेशमा रहेका नेपाली स्वदेश फर्काउन सरकारले कुनै चिन्ता र संकेत नदेखाएको राणाको भनाइ छ । ‘विदेशमा रहेका लाखौं नेपाली मातृभूमि फर्कन आतुर छन् । उतै निश्चिन्त बस्नु, सरकारसँग कुरा गरेको छु, प्रधानमन्त्री यस्तै आश्वासन दिन्छन्,’ उनले भने ।

राणाले भने, ‘कहिले, कसरी फर्काउने कुनै योजना, टुंगो र चिन्ता छैन । समयमै उद्धार गरिनेछ भन्ने अमूर्त प्रस्तावना, जहाँ छौ त्यही बस नीतिको निरन्तरता कसरी होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको