बाबुराम पूर्वराजा ज्ञानेन्द्रको प्रखर प्रशंसक बनेको पढेँ, खुशी लाग्योः डा. लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले राजसंस्थाको टड्कारो आवश्यकता रहेको बताएका छन् ।

‘अब संविधानभित्र आलंकारिक राजसंस्था नेपालमा नभई नहुने’ भन्दै राप्रपा अध्यक्ष लोहनीले आफ्नो विचार सामाजिक संजालमार्फत आइतबार सार्वजनिक गरेका हुन् ।

देशमा आलंकारिक राजसंस्थाको आवश्यकता छ भन्ने ‘चेतना पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमा पक्कै आउने’ विश्वास डा .लोहनीले लिएका छन् ।

‘डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले दरबार छोडी सकेपछि पनि पूर्वराजा ज्ञानेन्द्रको प्रखर आलोचकको रूपमा आफूलाई चिनाउदै आएका थिए । तर आज पूर्वराजा ज्ञानेन्द्रको प्रखर प्रशंसक बनेको पढेँ, त्यसमा खुशी लाग्यो,’ लोहनीले भने ।

राजसंस्था सहितको प्रजातन्त्रको पक्षधर लोहनी भ्रष्टाचारविरोधी अभियानमा समेत सक्रिय छन् । सामाजिक न्याय, समावेशी प्रजातन्त्रका पक्षधर लोहनी, अन्याय र अत्याचारविरुद्ध बोल्ने वक्ताका रुपमा परिचित छन् । पछिल्लो समय राजनीतिमा उनले युवा पुस्ताको पैरवी गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको