सरकार कमजोर छ भन्ने लगुताभाष नीति कार्यक्रममा प्रष्ट झल्कियोः अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले आफ्नो कमजोरी र असफलता, नीति कार्यक्रममार्फत आफैंले प्रष्ट स्वीकार गरेको बताएका छन् ।

‘सरकार कमजोर छ, असफल छ भन्ने लगुताभाष नीति कार्यक्रममा प्रष्ट झल्कियो । लामो कार्यक्रमको भद्दा संगालो त्यसको प्रमाण बन्यो,’ राणाले शनिबार भने ।

महामारीका बाबजुद नीति तथा कार्यक्रमले कोरोनालाई अन्देखा गरेकोमा उनले आश्चर्य व्यक्त गरे । सरकारको कोरोनामुक्त नीति आठौं आश्चर्यसरह साबित भएको राणाले बताए ।

‘कोरोनाले आक्रान्त भएको बेला स्वास्थ्य, आर्थिक संकट र वेरोजगारी सम्बोधन हुने विशेष जोडको अपेक्षा थियो । सतही विवरणबाहेक सरकार करिवन् मौन रह्यो,’ अध्यक्ष राणाले ट्वीट गदै भने । ‘महामारीबीच कोरोनामुक्त नीति कार्यक्रम आठौं आश्चर्यसरह नै हो । सरकार कहाँ छ, ध्यान कता छ, जगजाहेर भयो ।’

लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा प्रकाशन गर्ने सरकारको प्रतिवद्धता व्यवहारमा लागू हुनु पर्ने उनको भनाइ छ ।

‘हाम्रो भूमि मिचेर भारतले सडक बनाएको प्रधानमन्त्रीलाई अस्तिसम्म जानकारी थिएन । लिम्पियाधुरा, कालापानी, लिपुलेक राष्ट्रपतिले फिर्ता लिन्छौं भन्नु त्यसर्थ सुधार मानौं,’ उनले भने । ‘छुटेको भूमिसहित नयाँ नक्सा प्रकाशित गर्ने घोषणा भएको छ । सरकारको प्रतिवद्धता व्यवहारमा लागू हुन्छ भन्ने कामना गरौं ।’

सरकारको नीति तथा कार्यक्रम अव्यवहारिक रहेको राणाको टीप्पणी छ, जो प्रस्तुत गर्न राष्ट्रपतिलाई साढे दुई घण्टाभन्दा बढी समय लागेको थियो ।

अध्यक्ष राणले भने, ‘फेहरिस्त वाचन गर्दागर्दै राष्ट्रपति थाके भने, यसै थाकेको सरकार यत्रो कार्यक्रम साँच्चै कार्यान्वयन गर्दा अझै कति थाक्ने हो । नीति कार्यक्रम अव्यवहारिक देखियो ।’

उनले भने, ‘कोरानाको लहरबाट मृतप्राय भएको नेपाली अर्थतन्त्र उकास्ने भन्ने तर ठोस योजना प्रस्तुत नगर्ने, स्रोत साधन पहिचान र प्रस्तुत नगरी विकास गर्छु भन्ने जस्ता खोक्रो आश्वासनले भरीभराउ नीति तथा कार्यक्रम पढेर नेपाली जनता सरकारसँग निराश र वाक्क दिक्क भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको