जनतालाई विश्वासमा लिएर काम गरेमा राप्रपा सदैव साथ दिन तयार छः डा. लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिपुलेकको बारेमा भारत र चीनसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्रीको आह्वानमा बुधबार आयोजित सर्वदलीय बैठकमा अध्यक्ष लोहनीले लिपुलेकको विषयमा चीन र भारतसँग कुरा गर्न र त्यो व्यापार मार्गको फाइदा नेपालले पनि पाउनुपर्र्ने बताए ।

लोहनीले भने, ‘तपाईंहरुले लिपुलेक र लिम्पियाधुराको बारेमा नेपालको राष्ट्रिय स्वार्थलाई हेलचेक्रायाई गर्नुभएको हो । यसलाई नेपाली जनताले स्वीकार गर्दैनन् अब वार्तामा जानुहोस् । सो क्षेत्र हाम्रो हो भन्ने पर्याप्त प्रमाण छन्’, ‘त्यसको आधारमा वार्ता गर्नुहास् यथार्थ कुरा के हुन्छ नेपालको संसद र संसदीय समितिहरुलाई स्पष्ट जानकारी दिई नेपाली जनताको विश्वास लिनुहोस् । राष्ट्रिय स्वार्थको विषयमा राजनीति नगर्नुहोस् । नेपाली जनतालाई विश्वासमा लिएर काम गर्नु भएमा राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव साथ दिन तयार छ । लिपुलेकको विषयमा पनि चीन र भारतसँग कुरा गर्नु पर्यो त्यो व्यापार मार्गको फाइदा नेपालले पनि पाउनुपर्छ भनि त्रिपक्षीय वार्ता हुनुपर्दछ । आफ्नो स्वामित्वमा रहेको भूमिको सन्र्दभमा वार्ता गर्न सरकारलाई सबै नेपाली जनताको साथ र सहयोग रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका महामन्त्री धवलशम्सेर राणा रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणा रिहा भएका छन् ।

जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छु

केपी शर्मा ओली । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको

दल र नेताहरुप्रति किन जनताको यतिधेरै आक्रोश ? यस्तो छ प्रचण्डको बुझाइ

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका बँधुवा श्रममा आधारित प्रथा