उच्च सतर्कता अपनाई संसद बैठक सञ्चालन गरिने



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उच्च सतर्कता अपनाई संघीय संसद बैठक सञ्चालन गरिएको बताएका छन् । शुक्रबार बिहान संचारकर्मीसंग कुरा गर्दै सभामुख सापकोटाले कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको र उच्च सतर्कता अपनाइएको बताएका हुन् ।

बैठक कक्षभित्र दूरी कायम गर्ने सवालमा विश्व स्वास्थ्य संगठनको दिशा निर्देश, नेपाल सरकारको निर्णय र स्वास्थ्य टिमको मापदण्ड अनुसार उचित व्यवस्था गरिएको बताए । उनले २८ गते ११ बजे प्रतिनिधि सभाको र १ बजे राष्ट्रिय सभाको बैठक बस्ने समेत बताए ।

२८ गतेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी (प्रि–बजेट) प्रस्तुत गर्नेछन् । त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्ने छ र प्रि–बजेट माथि छलफल सुरु हुने छ । २९ र ३० गतेसम्म छलफल चल्ने सभामुख सापकोटाले बताए ।

त्यसपछि जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ । जेठ ३ गते बैठक बस्ने छैन भने ४ गतेदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु हुने छ र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने सभामुख सापकोटाले बताए ।

जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत हुने छ । सभामुख सापकोटाले बजेट अधिवेशनमा सांसदहरुको उपस्थिति अधिकतम् बनाउने विषयमा आफुले अधिकतम पहल गर्ने समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न इन्टरपोलको सहयोग आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती

मन फराकिलो बनाएर संवाद गरे नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष प्रचण्ड’

  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको

कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले