जापान सरकारद्वारा कांग्रेस वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान
काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ ।
जापानस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो । यस्तै पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान–नेपाल फ्रेन्डसिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूबीच अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ ।