कोरोनाको कहरपछि अर्थतन्त्रमा पर्ने प्रभावबारे कांग्रेसद्वारा अर्थविदहरुसँग छलफल



काठमाडौं । नेपाली कांग्रेसले मंगलबार अर्थविद् र पार्टीका पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेको छ । कांग्रेसले कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने असरकाबारेमा पार्टी पदाधिकारी, अर्थविद् र पार्टीका पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेको हो ।

कोरोना भाइरसले नेपालको पर्यटन, कृषि र औद्योगिक क्षेत्रको उत्पादनमा आउने कमीले पर्ने असरका विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोनाको विश्वव्यापी असरका कारण विदेशमा रहेका नेपालीहरूको रोजगारी गुम्न सक्ने खतरा र त्यसले नेपाली रेमिट्यान्समा पार्ने प्रभावका विषयमा पनि छलफल भएको उनले बताए । कांग्रेसले कोरोना महामारीको विषम् परिस्थितिमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरिरहेको छ । पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरूसँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको