‘अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !’


काठमाडौं । नेपाली कांग्रेसले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा देश रहेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश ! प्रधानमन्त्री ! जनताको तर्फबाट आग्रह छ अब सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला।’ अरु दल विभाजन ल्याउन अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री अध्यादेश फिर्ता लिन बाध्य भएका थिए ।

यो पनि

सबैले भन, मिलेर अब जय जय आईजी खनाल साप

मेराविरुद्ध भ्रम र नियोजित रुपमा चालिएका वदनामीका योजनाहरु पानीको फोका सावित हुनेछन्ः सर्वेन्द्र खनाल