औषधि खरिदमा भएको अनियमितताकाबारेमा सरकारले स्पष्ट पार्नुपर्छः नेता महतो



काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता  राजेन्द्र महतोले  कोरोनासंग जुध्न जनताले सरकारालाई साथ दिएपनि सरकार भित्रै समन्वय र मानवसंवेदनशीलताको अभाव रहेको आरोप लगाएका छन् ।

आइतबार विज्ञप्ती जारी गर्दै महतोले कोरोना भाइरसको महामारीले पूरा विश्व नै स्थिर रहेको आजसम्म एक लाख भन्दा बढी मानिसले ज्यान गुमाएकोमा १७ लाख भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएपनि सरकारले गम्भीरताका साथ काम गर्न आवयश्क रहेको बताएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘मुलुक आज २० दिन देखि लक डाउनमा छ । बिभिन्न दुःख कष्ट सहेर पनि आम नागरिकहरुले लक डाउनको नियम कानुन पालना गरिरहेको र अझै केही हप्ता गर्नुपर्ने परिस्थिति हाम्रो सामु छ, यसको पालना गर्नु हाम्रो आफ्नै जिबन रक्षा को लागि पहिलो आवश्यकता हो । यस संकटको घडीमा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरु समेतले पुर्ण रूपमा सरकारलाई सहयोग र समर्थन गरे पनि सरकार भित्रै समन्वयको अभाव र मानबिय सबेदनहिनता को कारणले कोरोनाको नियन्त्रण कार्य सन्तोषजनक नदेखिनु र पिडित नागरिकहरु लाई राहत बितरणको कार्य सुचारु रुपले संचालन हुन् नसक्नु दुखद र दुर्भाग्यपूर्ण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपसमिति बनाएर भएपनि तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

कहिले अमेरिकी साम्राज्यवादसँग जुध्यो, कहिले भारतीय विस्तारवादसँग सुरुङ युद्ध लड्यो, केही नभए पूर्वराजासँग !

नारायण गाउँले । विश्वभर ट्रम्पको ‘ट्यारिफ’ले भूकम्प ल्याएको छ । चीनदेखि युरोप र

पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको मनसाय छैनः उपप्रधानमन्त्री सिंह

पाल्पा । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने

साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषा, कला, साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको