नेकपाको सचिवालय बैठक मङ्गलबार बस्ने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ । बन्दाबन्दी (लकडाउन) पछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो ।