राप्रपाका नेता सुवेदीको निधन
काठमाडौं । राप्रपाका नेता विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहबाट ग्रस्त सुवेदीको अमेरिकाको ड्यालसमा आइतबार निधन भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । सुवेदी राप्रपाको पूर्वसहकोषाध्यक्ष समेत थिए ।
लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए । सुवेदीको निधनमा राप्रपा अध्यक्ष कमल थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनका श्रीमती र दुई छोरा छन् ।