प्रतिपक्षको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक तेस्रो दिनपनि स्थगित



पोखरा । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण शुक्रबार तेस्रो दिन पनि स्थगन भएको छ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्य्विधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गराएको हो ।

बैठक शुरु हुनासाथ काँग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरेका छन् ।

काँग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्य्विधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसदको इच्छानुसार गर्न लागेको जनाउँदै उहाँले आफूहरूले त्यसको विरोध गरेको बताए । आफूहरूका माग सम्बोधन नहुँदासम्म काँग्रेसले प्रदेशसभा अवरोध जारी राख्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवि पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन हुँदैन ?

-सुमना श्रेष्ठ । म शिक्षाका चार विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु ।

न्यायपालिकाप्रति जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो,

राजावादीको जुलुस ठूलो घटना घटाउने कुचेष्टा भएको समाजवादी मोर्चाको ठहर

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न

लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्छ : सांसद यादव

काठमाडौँ । जसपा नेपालका सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएका