राप्रपा(संयुक्त) र राप्रपा बीचको एकता वार्तामा अवरोध खडा



काठमाडौं । सहमति नजिक पुगेको भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राप्रपा बीचको एकता वार्तामा अवरोध खडा भएको छ ।

महाधिवेशनसम्म दुई राप्रपाबीच अन्तरिम विधान बनाउने सहमति भएको थियो । यसैका आधारमा शनिबार सहमतिपत्रमा अध्यक्षहरूले हस्ताक्षर गर्ने तय भएको थियो ।

दुबै राप्रपाबीच टोली गठन गरेर, दुबै पार्टीको सहभागिता र संयोजनमा अन्तरिम विधान तयार गर्ने सहमति भइसकेको थियो ।

दुई पार्टीको एकताका लागि पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच पटक–पटक वार्ता सम्पन्न भएका छन् ।

यसै प्रयासका कारण दुई पार्टी एकता नजिक पुगेको बताइएको थियो । तर थापाले महाधिवेशनसम्म उनको पार्टीको विधान कायम राख्ने भनेपछि हाल एकता प्रक्रिया अवरुद्ध भएको छ । थापाले एक्कासी किन यसो गरे रहस्यकै गर्भमा छ ।

एकीकृत पार्टीमा क्रमशः राणा, लोहनी र थापा अध्यक्ष रहने निश्चित भएको छ । दुई पार्टीबीच समान हैसियतमा पद व्यवस्थापन र बाँडफाँड गर्ने संझौता भएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवाद पार्टीको आधारस्तम्भ रहनेछ । संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र एकीकृत राप्रपाको वैचारिक लक्ष्य रहने छ । यसै पनि राप्रपा (संयुक्त) र राप्रपा समान विचारधारा भएका पार्टी हुन् ।

निरन्तर चलेको वार्तापछि एकता प्रक्रिया सहमति नजिक पुगेको बताइएको थियो । यद्यपि यसैबीच सहमति भएको विषयमा थापाले अडान फेरेपछि एकतामा व्यवधान खडा भएको छ ।

सुत्रका अनुसार, थापाले अब के गर्छन् भन्नेमा राप्रपाहरूको एकता निर्भर रहन्छ । यसैबीच राप्रपा (संयुक्त) को कार्यसम्पादन समितिले राप्रपा घटकसँग एकता गर्न सम्पूर्ण अधिकार अध्यक्षद्वय राणा र लोहनीलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

पूर्व विशिष्टलाई आजीवन सेवा सुविधा दिने कानुन नबनाउन र बरु दिइएको सुविधा घटाउन कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व विशिष्टलाई आजीवना सेवा

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली