विगतका कमजोरी सच्याउँदै देशको प्रमुख शक्तिका रुपमा स्थापित हुन्छौंः कमल थापा



पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताएका छन् ।

मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष थापाले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने विधेयक सच्याइनु सकारात्मक रहेको बताएका हुन् ।

नेपालको सञ्चारजगत्ले प्रजातन्त्रको स्थापना र मुलुकको समुन्नति तथा आर्थिक विकासमा सशक्त आवाज उठाएको स्मरण गर्दै अध्यक्ष थापाले लोकतन्त्रलाई सुदृढ तुल्याउनसमेत सञ्चार क्षेत्रको भूमिकालाई स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढ्ने वातावरण बन्नुपर्ने बताए । नेपालको सञ्चारजगत्ले हाल व्यापारिक, राजनीतिक र बाह्य दबाब तथा प्रभाव गरी मुख्य तीन प्रकारको चुनौतीको सामना गरिरहेको उनले बताए ।

राप्रपाले विगतको गल्ती र कमजोरीलाई सच्याउँदै आगामी दिनमा देशको प्रमुख शक्तिका रुपमा स्थापित हुने गरी पार्टीका गतिविधि अघि बढेको र २०७७ साल जेठ २५ गतेदेखि नियमित समयभन्दा अगावै पार्टीको महाधिवेशन आयोजना गरिने उनले जानकारी दिए । पार्टीका वरिष्ठ नेता दीपक बोहोरा र बुद्धिमान तामाङले सञ्चार क्षेत्रमा रहेका विकृति हटाएर प्रजातन्त्रको असली पहरेदारका रुपमा मिडिया नेपाल स्थापित हुन सफल हुनेमा विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस र

नयाँ गठनबन्धमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठनबन्धमा सहभागी नहुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको महाधिवेशनमा चार प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि

एमाले महासचिव पोखरेल भन्छन्-संविधान संशोधन र तदनुरुपका कानून निर्माणका लागि ओलीको नेतृत्वमा सरकार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा