काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेसले आपत्ति जनाएको छ । बुधबार अख्तियारले गच्छदारसहित १७५ जनालाई भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरी आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा,’ शर्माले ट्वीटमा लेखेका छन् ‘मुद्दा कसलाई ?
`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्- All animals are equal, but some are more equal than others.


प्रतिक्रिया