आगामी जेठ २५ गते महाधिवेशन गर्ने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । यही माघ १७ गतेदेखि काठमाडौँमा बसेको बैठकले अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित भएर आउने नयाँ व्यवस्था गरेको छ ।

निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन पारित गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए । धर्म परिवर्तन गर्ने गराउने कार्यलाई निरुत्साहित गर्न तथा यस्ता कार्यमा संलग्नलाई कडा कारवाही गर्न बैठकले सरकारसँग माग गरेको छ ।

हिन्दू राष्ट्रलगायत लोकतन्त्रको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानजस्ता विषयलाई लिएर फागुन र चैतमा विभिन्न जिल्लामा स्वाभिमान यात्रा सञ्चालन गरिने पार्टीले जनाएको छ ।

नेपालको पूर्वाधार विकासको निमित्त अमेरिकी सरकारको आर्थिक सहायताका देखापरेका विवाद र बहसका बारेमा धारणा स्पष्ट पार्न सरकारसँग आग्रह गर्दै बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता नेपालको अविभाज्य भूमि भएकाले अतिक्रमित भूमि फिर्ता गराउन तथा कालापानीबाट भारतीय सेना फिर्ता गराउन प्रभावकारी कूटनीतिक प्रयास चाल्न सरकारसँग माग गरेको छ ।

बैठकले चीनमा कोरोना भाइरसबाट प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न, स्वदेश ल्याउन र सङ्क्रमित देखिएमा उच्च सावधानीका साथ चिकित्सकीय सुविधा उपचारको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

गण्डकीमा फणीन्द्र देवकोटा दोस्रो पटक बने मन्त्री

गण्डकी । सर्वोच्च अदालतको आदेशबाट सांसद पुनर्वहाली भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र

संसदलाई जनताका आवाज बुलन्द गर्ने थलोका रूपमा विकास गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौं । संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध

संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउनु सबैको दायित्वः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक