नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ ।

पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन दिन थालिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यही माघ १५ गतेदेखि शुरु भएको सो बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ शुरु भएको हो । बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा जारी छ ।

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ । बैठकले समसामयिक प्रस्ताव पनि पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका