मुख्यमन्त्री राउतले भने -हल्लाको पछाडी नलाग्नुस्, यो सरकार पाँच वर्षसम्म चल्छ



जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दावी गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश दुईको प्रथम वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘ हल्लाको पछाडी नलाग्नुस्, यो सरकार मधेश जनताको म्यान्डेटले बनेको हो, पाँच वर्षसम्म चल्छ , न सरकार फेरिन्छ, न मन्त्री ।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेका मन्त्री फेर्ने काम नहुने स्पष्ट पारे ।

यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारीतन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको उनले स्वीकार गरे । उनले मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नं. २ माथिनै रहेकाले आफूहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पारे ।

एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानून समस्याहरु आएकोले ढिलो हुन गएपनि अबको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने तयारी शुरु भैसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा