नेविसंघका दुई पक्षबीच सानेपामा झडप



काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई पक्षबीच झडप भएको छ । सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा विधान अनुरुप नेविसंघको तदर्थ समिति बनाउन माग गर्दै अनशन बसेका विद्यार्थीहरुले रोक्न खोजेपछि झडप भएको हो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सभापति देउवा पार्टी कार्यालय पुगेलगत्तै दुई पक्षबी झडप भएको थियो । झडपमा परी दुई विद्यार्थी घाइते भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीहरु विधान अनुरुप तदर्थ समिति गठन गर्न माग गर्दै ४० दिनदेखि रिले अनशन बसेका थिए । त्यस्तै, सोमबारदेखि निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनशन बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसौँ महाधिवेशनको अवसरमा एकीकृत समाजवादीले भृकुटीमण्डपदेखि कमलादीसम्म निकाल्यो झाँकी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

गण्डकीमा फणीन्द्र देवकोटा दोस्रो पटक बने मन्त्री

गण्डकी । सर्वोच्च अदालतको आदेशबाट सांसद पुनर्वहाली भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र

संसदलाई जनताका आवाज बुलन्द गर्ने थलोका रूपमा विकास गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौं । संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध