अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएकोमा नेकपा मसालको आपत्ति



नेपाल कम्युनिस्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

ने.क.पा. (मसाल)को आजै बसेको केन्द्रीय कार्यालयको बैठकले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने नेकपाको प्रस्तावलाई गलत मानेको छ र त्यसको विरोध गर्ने निर्णय गरेको छ । उनीमाथि ज्यानसम्बन्धी मुद्दाको आरोप छ । सत्ताको दवावका कारणले नै उनीमाथिको त्यो आरोपको उजुरी समेतलाई प्रहरीले दर्ता गरेको छैन । त्यो गम्भीर प्रकारको कानुन उल्लङ्घन हो ।

उक्त विषयमा सर्वोच्च अदालतले समेत त्यससम्बन्धी उजुरीलाई दर्ता गरेर मुद्दा चलाउन आदेश दिएको छ । तर सर्वोच्चको त्यो आदेशको पनि पालन भएको छैन । त्यसरी सर्वोच्चमा परेको रिटको पेसी बारम्बार सरेर त्यससम्बन्धी न्यायोचित कारवाहीलाई पनि अवरुद्ध गर्ने काम गरिएको छ । त्यसप्रकारको पृष्ठभूमिमा अग्नीप्रसाद सापकोटालाई सभामुखको पदमा निर्वाचित गर्ने कार्य गम्भीर प्रकारले गलत छ र हाम्रो पार्टीले त्यसको विरोध गर्दछ ।
२०७६ माघ ११ गते

मोहनविक्रम सिंह
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीमा विधि पद्धतिको उपेक्षा र अवज्ञा हुन नपाओस्ः नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठ । प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमकाविरुद्ध हाम्रो पार्टीद्वारा शुक्रबार राजधानीमा

‘सन्कीको भरमा गरेको काम बदर गर्नुपर्छ’

काठमाडौं । कानूनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमबारे फरक–फरक राय

अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभावमा पार्न हुन्नः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता

प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने भएको छ ।