कांग्रेसले सभामुख र उपसभामुख मध्ये कुनै एक पदमा दाबी गर्ने



काठमाडौं । नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दाबी हुने बताएको छ । सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दाबेदारी हुने प्रष्ट पारेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टी दावेदारी हुने हुने बताएका हुन् । माघ १२ गते हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दल लिंगको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागू हुने उनको भनाई छ ।

उनले भने, ‘पार्टीको बैठक बसेर निर्णय गर्छ । स्वभाविक रुपमा नै एक पदमा हाम्रो दावी हुन्छ । निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन् । प्रकृयामा सहभागी हुने हो । संविधानको प्रावधान अनुसार अगाडी बढ्ने हो ।’

नेकपा सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि पार्टीले उम्मेदवार बनाएका अग्नि सापाकोटा हरेक हिसाबले उपयुक्त रहेको बताए । आन्दोलनको अगुवा, विगतमा मन्त्रीको भूमिका गरिसकेको हिसाबले उनको उम्मेदवारी उपयुक्त रहेको पोखरेलको भनाई थियो ।

द्वन्द्वकालिन विषयहरु उठ्ने अवस्थामा सापकोटाको मात्रै नभएर सबैका मुद्धाहरु उठ्ने उनले बताए । सत्तारुढ दल नेकपाको सचिवालयले सभामुखका लागि सापकोटालाई अगाडी सारेको छ । माघ १२ गते सभामुखको निर्वाचन हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति सहयोगी : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट

मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन् ।

कमीकमजोरीको कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक