कांग्रेसले सभामुख र उपसभामुख मध्ये कुनै एक पदमा दाबी गर्ने



काठमाडौं । नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दाबी हुने बताएको छ । सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दाबेदारी हुने प्रष्ट पारेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टी दावेदारी हुने हुने बताएका हुन् । माघ १२ गते हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दल लिंगको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागू हुने उनको भनाई छ ।

उनले भने, ‘पार्टीको बैठक बसेर निर्णय गर्छ । स्वभाविक रुपमा नै एक पदमा हाम्रो दावी हुन्छ । निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन् । प्रकृयामा सहभागी हुने हो । संविधानको प्रावधान अनुसार अगाडी बढ्ने हो ।’

नेकपा सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि पार्टीले उम्मेदवार बनाएका अग्नि सापाकोटा हरेक हिसाबले उपयुक्त रहेको बताए । आन्दोलनको अगुवा, विगतमा मन्त्रीको भूमिका गरिसकेको हिसाबले उनको उम्मेदवारी उपयुक्त रहेको पोखरेलको भनाई थियो ।

द्वन्द्वकालिन विषयहरु उठ्ने अवस्थामा सापकोटाको मात्रै नभएर सबैका मुद्धाहरु उठ्ने उनले बताए । सत्तारुढ दल नेकपाको सचिवालयले सभामुखका लागि सापकोटालाई अगाडी सारेको छ । माघ १२ गते सभामुखको निर्वाचन हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

जलवायु परिवर्तनका समस्या समाधानका लागि मिलेर काम गर्न बेलायती राजकुमारलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी

नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क