कमल थापाले भने -एमसिसी नेपालको पूर्वाधार विकासका लागि हो, हतियार ओसारपसारका लागि होइन



हेटौंडा । राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् ।

राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा शनिबार हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि नगरिएको बताएका हुन् ।

अध्यक्ष थापाले नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएकाले सत्तारूढ दलका आन्तरिक विवादका कारण त्यसलाई अवरुद्ध गर्न नहुने उल्लेख गर्दै उक्त सम्झौता रद्द हुँदा हेटौँडा–भीमफेदीको सडक स्तरोन्नति, प्रदेश नं १ अन्तर्गत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौँडाको रातोमाटे हुँदै बुटवलसम्मको हाइटेन्शन विद्युत् लाइन निर्माणमा समेत ठूलो अवरोध पुग्ने बताए ।

सत्तारूढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यथाशीघ्र गर्नुपर्ने र संसद्लाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने बताउँदै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि मुलुकमा वैदिक धर्मसंस्कृतिको संवद्र्धन गर्न आवश्यक रहेको औँल्याए ।

अध्यक्ष थापाले राष्ट्रमा प्रजातान्त्रिक तथा राष्ट्रवादी सोच र चिन्तन भएका पार्टीहरुसँग राप्रपाको एकीकरण हुन सक्छ भन्दै आगामी जेठ महिनामा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रत्येक जिल्लाबाट सक्रिय सदस्यताको माध्यमबाट निर्वाचित भएर आउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसौँ महाधिवेशनको अवसरमा एकीकृत समाजवादीले भृकुटीमण्डपदेखि कमलादीसम्म निकाल्यो झाँकी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

गण्डकीमा फणीन्द्र देवकोटा दोस्रो पटक बने मन्त्री

गण्डकी । सर्वोच्च अदालतको आदेशबाट सांसद पुनर्वहाली भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र

संसदलाई जनताका आवाज बुलन्द गर्ने थलोका रूपमा विकास गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौं । संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध