प्रदेश ५ को नाम र राजधानी आगामी हिउँदे अधिवेशनमा टुंग्याईने



बुटवल । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश नम्बर पाँचको नाम र राजधानी हिउँदे अधिवेशनबाट टुङ्गाईने बताएका छन् । रिपोर्टर्स क्लब पाँच नम्बर प्रदेशले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा उनले भने, ‘प्रदेश सभाबाट गठित प्रदेशको नामाकरण र केन्द्र निर्धारण गर्ने विशेष समितिले प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदन प्रदेशको आगामी माघ ५ गते हुने ५ औं अधिवेशनमा प्रस्तुत हुन्छ । सोही प्रतिवेदन अनुसार प्रदेश ५ को नाम र स्थायी राजधानी घोषण गरिनेछ ।’

सचेतक ढकालले प्रदेश सभाको यो बिषयलाई पार्टीलाई ह्विप नलाग्ने बताउँदै प्रदेश सभाकै एकताबाटै राजधानी तय गर्ने बताए । उनले प्रदेशका १२ वटै जिल्लाका जनतालाई अपनत्व गर्ने किसिमले राजधानी तय गर्ने जीकिर गरे ।

ढकालले प्रदेश सभाबाट गठित समितिले १२ वटै जिल्लामा राजनीतिक दल, समाजसेवी, बुद्धिजीविहरुसंग राय–सुझाव लिएको बताउँदै संकलन भएको सुझावलाई हेरेर प्रदेशको नाम र राजधानीको टुङ्गो गर्ने बताए । उनले माघ ४ गते संसदीय दलको बैठक बस्ने समेत जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामाकरणको बिषयमा धेरै छलफल र बहस भैसकेकोले यसलाई कुनै हालतमा पनि आउदो बैठकबाट टुंगो पर्ने धारणा राखिन् । उनले भनिन्,”राजधानी बनाउदा दीर्घकालीन र प्रदेशले थेग्ने सक्ने संचरना हुनुपर्छ ,सबै नयाँ समरचना बनाउदा धेरै आर्थिक भार लाग्ने हुँदा बनेको संरचनालाई नबिगार्न आग्रह गर्दछु ।”

उनले कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बताइन् । उनले भनिन्, ‘आगामी माघ ५ गते हिउँदे अधिवेशनको शुभारम्भ हुदैँछ र कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बिषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।