उपसभामुखले राजीनामा नदिनु लोकतान्त्रिक मान्यता विपरितः प्रवक्ता श्रेष्ठ



लमजुङ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फे नै सभामुख पदको सशक्त उम्मेदवार भएको बताएका छन् । प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको उपसभामुख बनिसकेकाले शिवमाया पार्टीको तर्फबाट सभामुखको सशक्त उम्मेदवार भएको बताएका हुन् ।

संवैधानिक प्रावधान अनुसार उपसभामुखले राजीनामा नदिएसम्म संसद्को सबैभन्दा ठूलो दल नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उहाँलाई राजीनामा दिन पार्टीले आग्रह गरेको उनले बताए ।

श्रेष्ठले उपसभामुखले संसदको ठूलो दल नेकपाले नै सभामुख गुमाउने अवस्था सिर्जना हुँदासम्म राजीनामा नदिनु लोकतान्त्रिक मान्यता विपरित भएको बताए । ‘सभामुख संसद्को सबैभन्दा ठूलो दल हाम्रो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मान्यता स्वीकार गर्ने पक्षका निम्ति हितकर कुरा होइन’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे चीनसँग महत्वपूर्ण छलफल भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा

चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर शनिबार स्वदेश फिर्ता भएका

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री