स्वतन्त्रतामा संकुचन ल्याउन सरकारले सूचना प्रविधि विधेयक ल्याएको खड्काको आरोप



काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक तुरून्त खारेज हुनुपर्ने बताएका छन् ।

परिवर्तनशील सहकारी संस्थाको सातौं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै खड्काले सूचना प्रविधि विधेयकले मानव स्वतन्त्रतामा संकुचन ल्याउन सरकारले यो विधेयक ल्याएको आरोप लगाए । २१ औं शताब्दीमा मानवीय स्वतन्त्रता, मूल्य र मान्यता सवैभन्दा वहुमूल्य भएको भन्दै उनले विधेयकलाई विरोधी तह लाउन हतियार नवनाउन सरकारसँग आग्रह गरे ।

दुई तिहाइको कम्युनिस्ट सरकारले मुलुकको आर्थिक गतिविधि शून्यमा झारेको , व्यापारीलाई आर्थिक कठिनाईमा पारेको तथा मुलुकको आर्थिक अवस्था रेमिट्यान्सको भरमा रहनु गलत भएको वताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वचत तथा ऋण सहकारी संघका पूर्वकेन्द्रीय अध्यक्ष डिबी वस्नेत, नेकपाका केन्द्रीय सदस्य गंगा कार्की लगायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार