अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुद्वारा सपथ ग्रहण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ३ सय ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले दुई पार्टीबीचको एकता र पछिल्लो समय प्राप्त उपलब्धीहरुमा विद्यार्थी नेताहरुको सबैभन्दा बढि भूमिका रहेको बताए ।

त्यस्तै उनले पछिल्लो समय पार्टी भित्र विद्रोह र नेताहरुबीच अन्तरविरोध सिर्जना गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कमजोर पार्ने शक्तिहरु लागिरहेको आरोप लगाए। उनले पार्टी एकतालाई जोगाएर जान सबै एक हुनुको बिकल्प नभएको बताए ।

त्यस्तै अनेरास्ववियूले ४५ सदस्यीय स्थायी कमिटी पनि बनाएको छ । जसमा पूर्वएमाले निकट अनेरास्ववियूबाट २४ र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्ता व्यक्तिले निर्वाचनमा उम्मेदवार बन्न पाउँदैन ?

प्रकाश सिलवाल, काठमाडौँ । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा

समानुपातिक बन्द सूचीबाट २९ जनाले लिए नाम फिर्ता

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको

प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित

‘घर डढाएर आगो ताप्ने’ खालको सोच बिमलेन्द्र निधी, प्रकाशमान सिंह, सुजाता कोइराला र शशांक कोइरालाको नै हो’

जेपी गुप्ता । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले भनेका छन्–“१४औं महाअधिवेशनमा म