पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँः अध्यक्ष थापा
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताए ।
थापाले भने, “पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।” अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको बताए ।