भाषाको कुनै भूगोल हुँदैनः मन्त्री त्रिपाठी



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भूगोल नहुने बताएका छन् । बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रममा मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सीमाले नरोक्ने बताएका हुन् ।

भारतीय दूतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

मन्त्री त्रिपाठीले नेपाल एक बहु भाषी बहु सांस्कृतिक र बहु जतिय विविधता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताए । नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विविधताले ठूलो र सम्पन्न देश भएको उनले बताए ।

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत-नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ