पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाऔंः अध्यक्ष राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरिएको बताएका छन् ।
२९८ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता बारे आयोजित कार्यक्रममा अध्यक्ष राणाले राणाले यस्तो बताएका हुन् । उनले अहिले मुलुकमा कुशासन चलेकोले यसको अन्त्य हुनुपर्ने समेत बताए । पार्टीका अर्का अध्यक्ष प्रकाशचन्द्र लोहोनीले हिमाल, पहाड र तराई मधेशका जनता सबै सम्मानका साथ राज्यमा बस्न पाउनुपर्छ भन्ने अभियानको सुरुवात शाहले गरेका बताए ।