सबल प्रजातन्त्र नै बीपी र सहिदको सच्चा सपनाः पूर्वराष्ट्रपति यादव



काठमाडौं । राष्ट्रिय मेलमिलाप दिवस बुधबार काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी विचार राष्ट्रिय समाजद्वारा आयोजित कार्यक्रममा ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु’ नामक ग्रन्थको पूर्वराष्ट्रपति डा. रामवरण यादवले विमोचन गरे ।

कार्यक्रममा यादवले नेपालमा प्रजातन्त्र ल्याउनका लागि शहीदहरुले पुर्याएको योगदानको स्मरण गर्दै अहिलेको पुस्ताले प्रजातन्त्रको सही सदुपयोग र संरक्षण गर्दै शहीदहरुको सपना साकार पार्नका लागि भूमिका खेल्नुपर्ने बताए । उनले तत्कालिन शासनप्रणालीविरुद्ध बीपी कोइराला, नेपाली कांग्रेसले खेलेको भूमिकाप्रति आफू ज्यादै प्रभावित भएको र शहीदहरुले खेलेको भूमिकाबाटै आज नेपाली जनताले लोकतन्त्रको आभाष गर्न पाएकोमा खुशी व्यक्त गरे । तर, पछिल्लो समयमा आएर नेपालको विकास एवं प्रजातन्त्रको स्थायीत्वका लागि दलहरुले खेल्नुपर्ने भूमिका पूर्णरुपमा खेल्न नसकेकोमा भने उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा समाजका सह–अध्यक्ष गोविन्दराज जोशीले बीपी कोइरालाले २०३३ साल पुस १६ गते नेपालमा प्रजातन्त्र स्थापनाको लागि नेपालबाटै आन्दोलन एवं पहल गर्नुपर्ने भन्दै लागि तत्कालिन राजासँगको वार्ताका लागि राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल प्रवेश गरेको बताए ।

नेपालको हितका लागि गरिने प्रत्येक कार्य नेपाली भूमिबाटै गरिएमा दीर्घकालीनरुपमा सफलता हात पारिन्छ भन्ने अभिव्यक्ति एवं चाहना बीपी कोइरालाको रहेको पनि जोशीले बताए । ‘बीपी कोइरालाले नेपालका लागि गरिने प्रत्येक आन्दोलन नेपालबाटै गरिनुपर्छ भन्ने मान्यताका साथ राष्ट्रिय एकता र मेलमिलापको प्रस्ताव लिएर भारतबाट केबी गुरुङसहित तीन जनालाई नेपाल पठाएका थिए,’ जोशीले उल्लेख गरे ।
कार्यक्रममा विमोचित पुस्तकका बारेमा पुस्तकका सम्पादक डा. बासुदेव खनालले प्रकाश पारेका थिए । त्यस्तै शहीद परिवारका तर्फबाट शहीद दिवानसिंह राईकी छोरी लक्ष्मी राईले शहीदको सपनालाई साकार पार्नका लागि अहिलेको पुस्ताले व्यक्तिगत स्वार्थलाई पर सारेर काम गर्नुपर्ने बताइन् ।

उक्त अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मण घिमिरे, पूर्वसभामुख एवं कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, भारतीय दूताबासका प्रथम सचिव प्राध्यापक केदारनाथ शर्मालगायतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको औचित्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा भारतीय दूताबासका प्रथम सचिव केदारनाथ शर्माले सरसर्ती हेर्दा पुस्तकमा समावेश गरिएको विषयले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका साथै शहीदहरुको भूमिकाबारे जान्न सकिएको बताए । उनले नेपालको इतिहासमा बीपी कोइरालाको योगदानको बारेमा पनि केही हदसम्म जान्ने अवसर पाएकोले निमन्त्रणाका लागि आयोजकप्रति धन्यवादसमेत दिए ।

उक्त ग्रन्थमा नेपाली प्रजातान्त्रिक आन्दोलनमा ज्यान गुमाएका ९ शहीदका साथै नेपाली कांग्रेसका जिउँदा शहीद कुलबहादुर गुरुङको योगदानलाई अध्ययन र अनुसन्धान गरी प्रकाशित गरिएको छ ।

समाजले पहिलोचरणमा प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरुमध्ये शहीद भएका रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोजप्रसाद कोइराला, जगत्प्रकाशजंग शाह, तेजबहादुर अमात्य, लालध्वज गुरुङ, बुद्धसिंह राना र दुर्गानन्द झाका साथै नेपाली कांग्रेसका बरिष्ठ नेता एवं विश्वेश्वरप्रसाद कोइरालाका समकालीन नेता कुलबहादुर गुरुङको बारेमा विभिन्न अनुसन्धानकर्ताहरुको अनुसन्धानलाई प्रकाशित गरिएको जनाएको छ ।

कार्यक्रममा १४ वर्षकै उमेरमा शहीद भएका दुर्गानन्द झाकी पत्नीलगायत पुस्तकमा समावेश गरिएका सम्पूर्ण शहीदहरुका परिवार एवं लेखकहरुलाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री