मुलुकमा अझै एउटा क्रान्तिको आवश्यकताः अध्यक्ष यादव



जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अझै्र एउटा क्रान्तिको आवश्यकता रहेको बताएका छन् । समाजवादी युवा संघ महोत्तरीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष यादवले विगतमा भएको तीन वटा क्रान्तिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गराए पनि मुलुकमा कायम रहेको एउटै वर्गको शासन अन्त गरि सबैको साझा मुलुक निर्माणको लागी अझै क्रान्ति गर्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।

उत्पीडन, शोषण र दमनविरुद्ध अवसरमा समन्त र राजनीतिक अधिकारका लागि संघर्ष जारी नै रहेको उल्लेख गर्दै उनले नयाँ क्रान्तिका लागि तयार भएर बस्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

संविधानमा रहेका त्रुटीहरुलाई सच्याउँदै सबैको संविधान निर्माणको लागि आफूहरु नेकपालाई दुई तिहाई पुर्याउन दुई बुँदे सहमति गरि सरकारमा सहभागी भए पनि नेकपा आफनै सहमतिबाट पछि हटेकोले आफूहरुले सरकार छाडेको स्पष्ट पारे । उनले अबको आन्दोलन सडक र सदनबाट हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार