कमल थापाले राप्रपा संयुक्तसँग एकताका लागि राखे दुई शर्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँग शर्तसहित एकता हुने बताएका छन् । थापाले हिन्दुराष्ट्र र राजसंस्थालाई शर्तको रुपमा अघि सारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् एकताका लागि हदैसम्मको लचकता कायम गरेको भन्दै दुई शर्त अघि सारेका हुन् ।