मलाई अल्पज्ञानी भन्नेले त्यसको जवाफ दिनुपर्छः भीम रावल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम बहादुर रावलले नेपालको संविधान नै अमेरिकाको अधिनमा हुनेगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता भएको बताएका छन् ।

काठमाडौंमा आयोजित साक्षात्कारमा उनले देशको विकासका लागि अमेरिकी सहयोग आवश्यक भएपनि देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई ध्यान दिनुपर्ने बताएका हुन् ।

रावलले एमसिसी सम्झौताको धारा सातको दफा सात एकमा ‘प्रस्तुत सम्झौता लागू भए पश्चात प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुने छ’ भन्ने व्यवस्था रहेको भन्दै मूल कानून नेपालको संविधान पनि भएकाले कुनै देशसँग गरिएको सम्झौताको कनैदफा बाझिएमा नेपालको कानून नै त्यसको अधिनमा हुने विषय मान्य नहुने बताए ।

त्यसको जवाफ सम्झौता गर्नेले नेपाली जनतालाई दिनुपर्ने रावलले बताए । नेपाल सरकार र एसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानमाथि प्रश्न उठाउँदा आफूलाई अल्पज्ञानी भएको आरोप लगाउनेहरुले देशको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डतामाथि नै घात गरेको बताए ।

उनले ठूलो रकम सहयोग पाउने आशामा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमान माथि आँच पुग्ने काम गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको

सुदूरपश्चिममा नयाँ ट्वीष्ट, एकीकृत समाजवादीद्वारा लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता

सुदूरपश्चिम । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका नेता