डायलासिसका लागि प्रधानमन्त्री अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको हो । नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटार फर्किनेछन् ।
उनलाई शुक्रबार बिहान १० बजे अस्पताल लगिएको थियो । १२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आएका छन् ।