सरकारका प्रवक्ताको प्रश्नः विश्वासको मत लिनुपरेपनि के को महाभारत छ र ?



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारसँग बहुमत नगुमेकाले विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताएका छन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विश्वासको मत लिनका लागि कुनै नैतिक, राजनीतिक तथा संवैधानिक दवाव सिर्जना नभएको बताएका हुन् ।

उनले भने,‘समाजवादी पार्टी पछि सरकारमा सहभागी भएको हो, उ सरकार छाडेर जाँदैमा सरकार संवैधानिक संकटमा पनि नपर्ने र आवश्यक परे लिन कुनै समस्या छैन ।’ उनले विश्वासको मत लिनुपरेपनि कुनै महाभारत नहुने बताए । उनले प्रधानमन्त्री निर्वाचित हुँदा नै बहुमत भएकाले र केही दल पछि मात्रै सामेल भएकाले उनीहरुले छाड्दैमा सरकार नढल्ने बताए ।

त्यस्तै मन्त्री बाँस्कोटाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) इन्डोप्यासिफिक रणनीतिसँग नजोडिएको बताए । उनले एमसिसीको बारेमा चलेको बहस राजनीतिक तुष्टिकरण मात्र भएको भन्दै त्यसको प्रमाणित गर्न बसह गर्नेहरुलाई नै छाडिदिनुपर्ने बताए ।

उनले नेपाल ट्रष्टको एउटा मात्रै सम्पत्ति नभएको र कुनैपनि सम्पत्ति कसैलाई अनाधिकृत रुपमा दोहन गर्ने छुट नभएको बताए । उनले सरकारले प्रकृया र आर्थिक प्रवन्धलाई मध्यनजरमा राखेर काम गरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमाः महासचिव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणबाट दुई

प्रचण्डमा चरम सत्तामोह देखियोः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने राष्ट्रसङ्घको प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी