उपेन्द्रको संविधान संशोधनको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री ओलीलाई मसालले दियो धन्यवाद



नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य
संविधानमा संशोधन गर्ने सहमति सहित उपेन्द्र यादवलाई सरकारमा सामेल गरेकोमा त्यो बेला नै हामीले ओली सरकारको कडा आलोचना गरेका थियौँ । आवश्यकतानुसार संविधानमा संशोधन गर्ने कुरामा हाम्रो कुनै मतभेद छैन । संविधानमा त्यसरी संशोधन गर्दै जानु पनि पर्दछ । तर मधेशवादीहरूले जसरी संविधानमा संशोधन गर्न खोजेका छन्, ती राष्ट्रघाती प्रकारका छन् । त्यसैले हामीले उपेन्द्र यादवसँग संविधानमा संशोधन गर्ने जुन सहमति गरिएको थियो, त्यसको विरोध गरेका थियौँ ।

अहिले संविधानमा संशोधनको त्यो सहमतिलाई कार्यान्वयन नगरेको भनेर उपेन्द्र यादवले सरकारबाट राजिनामा दिएका छन् । थाहा भएअनुसार, त्यसबारे उपेन्द्र यादवले मन्त्रीमण्डलमा लगेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसका लागि हामीले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिन्छौँ । हामीले आशा गर्दछौँ त्यही प्रकारले राजपाले संविधानमा संशोधनका लागि गर्ने कुनै पनि प्रकारको दवावलाई पनि उनले अस्वीकार गर्दै जानेछन् ।

२०७६ पुष ८ गते

मोहनविक्रम सिंह
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताको अदालतमा गएर संवैधानिक निकायलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आयोः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र,

सरकारका कारण नेपाल विदेशीहरुको क्रिडास्थल बन्योः डा. लोहनी

राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सत्ता लिप्सा र भ्रष्टाचारका

संसद विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार देशभरका ६ हजार

तीन मिनेट बसेर प्रदेश एकको प्रदेशसभा बैठक स्थगित

विराटनगर । प्रदेश एकको प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म