राप्रपा संयुक्तले भन्यो -लुटतन्त्रबाट आक्रान्त जनताले राष्ट्रवादी शक्तिलाई साथ दिनेछन्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेताहरुले पार्टी सामुन्ने देखिएको चुनौतालाई चिर्न स्पष्ट नीति र कार्यक्रम लिएर तल्लो तहसम्म जानुपर्ने बताएका छन् ।

राप्रपा (संयुक्त) कठिन परीक्षाको घडीमा रहेको स्वीकार गर्दै मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले सच्चिएर जाने हो भने अहिले पनि नेपाली जनताले राष्ट्रवादी शक्तिलाई स्वागत गर्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो बटमलाइन भनेको संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र हो । यसैलाई स्पष्ट रुपमा जनतामाझ लिएर जानु पर्दछ । बेथितिलाई चिर्न सके लुटतन्त्रबाट आक्रान्त जनताले राष्ट्रवादी शक्तिलाई साथ दिनेछन्,’ राप्रपा (संयुक्त) का उच्च कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठले भनिन् ।

उच्च कार्यसम्पादन समिति सदस्य दिलनाथ गिरीले भने, धर्महरुको धर्म हिन्दु धर्मको मान्यता बोकेर हिड्ने पार्टी जनताको भरोसाबाट चुकेको छ । त्यसकारण विश्वसनीयता कायम गर्नु नै अहिलेको मूल चुनौति हो ।

राप्रपा (संयुक्त) सम्वद्ध पाँचथर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा पाँचथर जिल्ला समिति सदस्य स्वर्गीय जीतबहादुर अगुवाको सम्मानमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘हामी कहाँ चुक्यौं, विश्लेषण गरेर सच्चिन जरुरी छ । सच्चिन सकिएन भने हाम्रो अगाडिको बाटो कठिन छ,’ उच्च कार्यसम्पादन समिति सदस्य श्याम तिमिल्सिनाले भने । ‘हामी सच्चिन सके मात्र जीतबहादुर अगुवा जस्ता होनहार कार्यकर्ताको चाहना बमोजिम राष्ट्रिय राजनीतिमा पार्टी स्थापित हुनेछ ।’

पार्टीभित्र पूर्नताजगी र नयाँ उर्जा सिर्जना गर्दै नयाँ पुस्तालाई साथ लिएर जानु पर्नेमा प्रवक्ता सगुन सुन्दर लावतीले जोड दिए ।

‘नयाँ नेपालमा शान्ति, समृद्धि, सामाजिक न्याय, समावेशिता नभएर संस्थागत भ्रष्टाचार, लुट र करको भारले जनतालाई थिचेको छ । देश उलटपुलट छ, कतिखेर विष्पोट हुन्छ भन्न सकिन्न । त्यसैले जनताले चाहेको विकल्प दिन हामी स्पष्ट भएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने ।

आद्य सभ्यताको आद्यभूमि भित्र किराँत सभ्यताले सिञ्चित पवित्र भूमी पाँचथरमा जन्मिएका अगुवा जीवनभर विचारका लागि संघर्षरत रहे । स्वर्गीय नेता पद्मसुन्दर लावतीको सहयात्री अगुवा भुईतहमा प्रभावकारी भूमिका निर्वाह गर्ने कुशल राजनीतिकर्मी थिए ।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उच्च कार्यसम्पादन समिति सदस्य तारानाथ लुइटेल, केन्दीय सदस्य श्याम घिमिरे, अप्रा उपरथी होम कुमार लावती तथा पापोहाङ लावती सयङ उपत्यका समिति अध्यक्ष टेक लावती लगायतले धारणा प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

प्रचण्ड सरकारको पक्षमा रहेको देखाउन जसपाको उपेन्द्र र राई पक्षबीच तँछाडमछाड

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता