सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय



काठमाडौँ । समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । समाजवादीका अध्यक्ष उपेन्द्र यादव नेकपा नेतृत्व सरकारमा उपप्रधानमन्त्री एवं कानुनमन्त्री छन्। मोहम्मद इश्तियाक राई समाजवादी पार्टीबाटशहरी विकासमन्त्री छन् ।

पदाधिकारी बैठकले उपप्रधानमन्त्री यादव र मन्त्री राइले आजै राजीनामा दिने निर्णय गरेको हो। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे भने बुधबार निर्णय गरिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा समाजवादीको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा