चिनियाँ राजदूत यान्छीको ट्वीटलाई रिट्वीट गरे निःशुल्क टिकट



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाइने भइएको छ । राजदूत होउले मंगलबार बिहान चिनियाँ चलचित्र महोत्सवको पोस्टरसहित ट्वीट गरेकी छिन् ।

जसमा उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट ५ जनालाई चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट दिने घोषणा गरेकी छन् । यसका लागि उनले २६ डिसेम्बर राति १२ बजेसम्मको समय दिएकी छिन् । २७ डिसेम्बरमा काठमाडौंबाट सुरु हुने चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा , लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना