एमसीसी संसदबाट छिटो पारित गर्नुपर्छः डा. महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले एमसीसीको मिलिटरीसँग कुनै सम्बन्ध नभएको भन्दै भ्रममा नपर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे । महतले मुलुकको आर्थिक वृद्धिदर बढाउनको लागि एमसीसी अन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पुर्याउने बताए ।

सन् २००४ बाट अमेरिकी सरकारले निश्चित शर्त र मापदण्ड पूरा गर्ने देशहरुलाई एमसीसी कार्यक्रम अन्तर्गत ५० करोड अमेरिकी डलर सहयोग गर्दै आएकाले सबै शर्त पुरा गरी सहयोग लिन ढिलाई गर्न नहुने बताए ।

फरक प्रसङ्गमा नेता महले कांग्रेस भित्र केही विवाद रहेको बताउँदै ति विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिए । उनले बहुमतको आधारमा अनुचित निर्णय गर्न नहुने भन्दै महाधिवेशनलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन