कांग्रेस केन्द्रीय समिति बैठक पुस दश गतेसम्मका लागि स्थगित



काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका स्थगित भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास सकारात्मक रुपमा अगाडि बढेकाले बैठक १० गते सम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मंसिर २६ गतेबाट सुरु बैठक नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्दै आएका छन् । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबिना विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको, भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरुण दलको विवाद समाधानको ठोस प्रस्ताव नल्याएको भन्दै उनीहरुले बैठक बहिष्कारगर्दै आएका थिए ।

विवाद समाधानका लागि दैनिकजसो छलफल भएपछि विवाद मिल्न सकेको छैन । संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि तथा पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी विवाद समाधानका लागि प्रयासरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा