कांग्रेस केन्द्रीय समिति बैठक पुस दश गतेसम्मका लागि स्थगित



काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका स्थगित भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास सकारात्मक रुपमा अगाडि बढेकाले बैठक १० गते सम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मंसिर २६ गतेबाट सुरु बैठक नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्दै आएका छन् । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबिना विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको, भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरुण दलको विवाद समाधानको ठोस प्रस्ताव नल्याएको भन्दै उनीहरुले बैठक बहिष्कारगर्दै आएका थिए ।

विवाद समाधानका लागि दैनिकजसो छलफल भएपछि विवाद मिल्न सकेको छैन । संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि तथा पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी विवाद समाधानका लागि प्रयासरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुद्दाको पूर्णपाठ नआएसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छः माओवादी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा

सत्ता समीकरणमा फेरबदल आउँदैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएकोसमर्थन फिर्ता नलिने

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार

नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी छः सभामुख

काठमाडौं ।सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।