उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणितः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन् ।.

सिन्धुपाल्चोकमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली कांग्रेसले आफ्नो जित दर्ता गरेको विषयलाई चानचुने रुपमा नलिई निराश नहुन पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे । कम्युनिष्ट र अरु पार्टीहरुप्रति देखिएको वितृष्णाले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढेको उनको भनाई थियो ।

सभापति देउवाले पार्टी प्रवेश गरेका व्यक्तिहरुलाई आवश्यक सम्मानसहितको भूमिका पार्टीमा दिइने विश्वास पनि दिलाए । यस्तै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा कांग्रेसको भोट बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।