सरकारबाट सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको कांग्रेसको आरोप



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताएका छन् । श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको बताइन् ।

सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्न पनि उनले माग गरिन् । दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि पूँजीपतिहरुको हालिमुहाली रहेको उनले आरोप लगाइन् ।

फ्रि भिसा फ्रि टिकट नेपाली कांग्रेसको नीति भएको र अहिलेको सरकारले शून्य लागतका नाममा सुरु भएपनि कामदारहरुले दुःख पाईरहेको उनले बताइन् । संग्रौलाले सामाजिक सुरक्षा कोषको सुरुवात भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको बताइन् ।

प्रधानमन्त्रीले आफ्नो फोटो पोलपोलमा टाँस्न लगाएर नयाँ युगको सुरुवात भयो भन्दै भड्किलो प्रचार मात्रै गरेको र कार्यान्वयन फितलो भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा